प्रियंका चोपडाको हलिउड शो ‘क्वान्टिको’ २६ अप्रिलबाट

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

नयाँ दिल्ली । बलिउडका साथै हलिउडमा पनि आफ्नो दमदार अभिनयका कारण चर्चा बटुलेकी अभिनेत्री प्रियंका चोपडा हलिउड शो ‘क्वान्टिको’ को तेस्रो सिजनमार्फत छिट्टै दर्शकमाझ आउने भएकी छन् ।

यसअघिको शो को सिजनमा अहम भूमिकामा देखिएकी प्रियंका यो सिजनको शूटिङमा निकै व्यस्त बनेकी छन् । उनको हलिउड शो ‘क्वान्टिको’ २६ अप्रिलबाट प्रसारित हुँदैछ ।

आफ्नो ट्विटरमा शोबारे जानकारी सार्वजनिक गर्दै प्रियंकाले आफू शोमा एफबीआई एजेन्ट एलेक्स पेरिसकै भूमिकामा देखिने बताएकी छन् । प्रियंकाले बु्धबार ट्विटरमा शोको पोस्टर सार्वजनिक गर्दै ‘२६ अप्रिल क्वान्टिको सिजन-३ एलेक्स पेरिस फर्किदै’ भन्दै क्याप्सन समेत लेखेकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट