आगोका कारण निसासिएर दुई बालिकाको मृत्यु

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

सुनसरी, २६ पुस । अत्यधिक जाडोका कारण डेरामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेका आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेका थिए । इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई छोरीको निसासिएर गएराति मृत्यु भएको हो ।

बेहोस फेला परेका उनीहरुलाई उपचारका लागि विराटनगर अस्पताल लगिएको थियो । उपचारकै क्रममा आलमका दुबै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा सात वर्षीया आलिया खातुन र दुई वर्षीया आयात खातुन रहेको छन् । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको भने उपचार भइरहेको छ ।

त्यस्तै, इटहरी–१९ की ७० वर्षीया दैतिनीदेवी चौधरीको जलेर मृत्यु भएको छ । अत्यधिक जाडो कारण आफ्नै घरमा आगो ताप्ने क्रममा लगाइराखेको साडीमा आगो लागेर मंगलबार साँझ गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट