नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार मात्रै कम्पनीलाई अंकित मूल्य सय रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

इन्स्योरेन्सले बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत ३९ करोड २० लाख रुपैयाँ बराबरको शेयर जारी गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी एक अर्ब १७ करोड रुपैयाँ पुग्ने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट