बीनाले बुझाइन् ११ लाखबढी चुनावी खर्च

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित बीनाले चुनावी खर्च १० लाख ९६ हजार रुपैयाँ भएको उल्लेख गरेकी छिन् । माओवादी केन्द्रकी सासंद् बीना मगरले जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा चुनावी खर्च विवरण बुझाएकी हुन् ।

उनले मतदाता नामवली खरिदको लागि २२ हजार, सवारी साधन खर्च दुई लाख ४० हजार, प्रचार–प्रचारमा तीन लाख ८० हजार, ढुवानीमा २५ हजार, कार्यकर्ता परिचालनमा एक लाख ४० हजार, अन्य प्रचार–प्रचार एवं विद्युतीय सामग्रीको लागि ५० हजार, कार्यक्रम संचालनमा ६४ हजार, प्रतिनिधि परिचालनमा ६० हजार र विविध ३५ हजार गरी कूल १० लाख ९६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेकी छिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट