पर्सामा विद्युत् चुहावट नियन्त्रण अभियान थालियो

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

पर्सा, २६ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले विद्युत चुहावटलाई नियन्त्रण गर्नको लागि अभियान थालेको छ । विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले प्राधिकरणले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको हो ।

प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले पर्सा जिल्लामा विद्युत् चुहावट नियन्त्रण हुँदै गएको जनाइएको छ । जम्मा ६७ हजार ग्राहक रहेको पर्सा जिल्लामा विद्युत् चुहावट गर्नेलाई पक्राउ गरी जरिवानाबापत १३ लाख रुपैयाँ राजस्व उठाएको छ भने ग्राहकले धमाधम मिटर लिन थालेका छन् । सरकारी तथा अन्य कार्यालयबाट ५० करोड रुपैयाँ बक्यौता रकम उठाउन प्राधिकरणले पत्राचारसमेत गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट