प्रधानन्यायाधीश गोपाल पराजुली माफिया र भ्रष्टाचारी हुन् : गोविन्द केसी

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस जारी छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४औँ अनसन सुरु गरेपछि सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले डा. केसीलाई सोमबार पक्राउ गरेको थियो ।

पराजुलीले गरेको मेडिकल सम्बन्धीको मुद्दाको फैसलालाई तीन करोड जनताको स्वस्थपूर्वक जिउन पाउने अधिकारको हनन भएको केसीले आरोप लगाएका हुन् । जारी बहसमा आफ्नो बयान राख्दै केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुली माफिया र भ्रष्टाचारी भएको आरोप लगाएका छन् । उनको प्रधानन्यायाधीशमाथिको यस्तो बयानप्रति अधिवक्तहरुले आपत्ति जनाएका छन् ।

तर, केसीले भने आफ्ना कुरा अदालतमा राख्न पाउनुपर्ने बताउँदै मलाई बोल्न दिनु प¥यो, बोल्न पाउनु मेरो संवैधानिक अधिकारको कुरा हो भनेका छन् । यसका साथै केसीले आफूले गल्ती गरेको भए पाँच वर्ष जेल बस्न तयार रहेको बताए ।

उनले प्रधानन्यायाधीश पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गर्नसमेत माग गरेका छन् । बहस सकिएपछि अदालतको अवहेलना गरेको ठहरिएमा केसीलाई एक वर्षसम्मको जेल सजायँ वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

थप समाचारका लागि :
गोविन्द केसीको मुद्दामा बहस सुरु, केसीलाई वीर अस्पतालबाट सर्वोच्च अदालत ल्याइयो


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट