अध्यक्षद्वय ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

भक्तपुर, २६ पुस । एमाले र माआवादी केन्द्रले मंगलबार गठन गरेको कार्यदललाई दुबै पार्टीका अध्यक्षद्वयले तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् ।

एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलका अनुसार आज ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदललाई काम सुरु गर्न निर्देशन दिएका हुन् ।

नेता पोखरेलले प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्न निर्देशन दिएको जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट