सौताको बन्चरो प्रहार गरी हत्या

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

सल्यान, २६ पुस । सल्यानको दार्मा गाउँपालिका–३ मा कान्छी श्रीमतीले आफ्नी सौताको बन्चरो प्रहार गरी हत्या गरेकी छन् । स्थानीय कमल केसीकी जेठी श्रीमती रुपालाई गएराति १ बजे कान्छी श्रीमती कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेकी हुन् ।

स्थानीय प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ । प्रहरीका अनुसार जेठी श्रीमती रुपाको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा बिहान साढे ९ बजे मृत्यु भएको हो । कान्छी श्रीमती कल्पनाले प्रहार गरेको बन्चरोले लागेर रुपाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट