युवतीलाई यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा झापाका सिटौला पक्राउ

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

भद्रपुर, २६ पुस । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका संचालक राजकुमार सिटौलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरेको छ । संचालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको चार लाख रुपैयाँ पनि संचालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी दिएको आधारमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

ती युवतीलाई संचालकले कोठा भाडामा लिई दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने युवतीको आरोप रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट