हालसम्म सात हजारबढी उद्योग दर्ता

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । हालसम्म उद्योग विभागमा सात हजारभन्दा बढी उद्योग दर्ता भएका छन् । ठूला, मझौला र विदेशी लगानीका साना उद्योग दर्ता गर्ने जिम्मेवारी पाएको विभागले हालसम्म सात हजार दुईसय ६० उद्योग दर्ता गरेको हो ।

तीमध्ये ठूला नौसय ८४, मझौला एक हजार छसय दुई र साना चार हजार छसय ७४ उद्योग दर्ता भएको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए । विभागले १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना, १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला र २५ करोडभन्दा धेरै पूँजी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ ।

स्वदेशी लगानीका साना उद्योग दर्ता भने साना तथा घरेलु उद्योग विभाग तथा साना तथा घरेलु विकास समितिअन्तर्गत रहेका जिल्ला कार्यालयले गर्दै आएका छन् । यस्तै, विभागमा तीन महिनाको अवधिमा सयभन्दा धेरै उद्योगले म्याद थप गरेका छन् । उद्योग दर्ता गरेर संचालनमा नआएका उद्योगलाई विभागले म्याद थपका लागि असोज ३० गते तीन महिनाको म्याद थप सूचना जारी गरेकोमा हालसम्म सयभन्दा बढी उद्योगले म्याद थप गरेको विभागले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट