तारूकाको गोरु जुधाउने मेलाबारे वृृत्तचित्र तयार

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । नुवाकोटको तारुकामा करिब सय वर्ष अघिदेखि माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारे ‘गोरु जुधाई मेला’ नामक वृृत्तचित्र निर्माण गरिएको छ । सामुदायिक सेवा केन्द्र, नुवाकोटद्वारा निर्मित सो वृृत्तचित्रको निर्देशन शशी लुमुम्बू र श्रीराम श्रेष्ठले संयुक्त रूपमा गरेका छन् ।

अशोककुमार बस्नेत डाइरेक्टर अफ फोटोग्राफ्री रहेको वृृत्तचित्रमा गणेश हुमागाईं र कन्चन पोखरेलको छायाँकन रहेको छ भने रविन्द्र बरालले ड्रोन परिचालन गरेका छन् । वृृत्तचित्रको लेखन शशी लुमुम्बूको रहेको छ । ३० मिनेट समयावधिको उक्त वृृत्तचित्रमा गोरु जुधाई जात्राको सुरुवात, ऐतिहासिक पक्ष, जात्रा आयोजना, गोरु जुधाउने विधि र प्रकियाका जानकारी दिनुका साथै गोरु जुधाईको रोचक दृश्य देख्न सकिने निर्देशक लुमुम्बूले बताए ।

 

अर्का निर्देशक श्रेष्ठका अनुसार स्पेनको बुलफाइटको झझल्को दिने यस गोरु जुधाई जात्रा तथा मेला तारुकाको मात्रै नभएर नेपालकै ऐतिहासिक र मौलिक परम्परा हो । उक्त मेलाको संरक्षण र जगेर्नामा टेवा पु¥याई पर्यटन प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यले वृृत्तचित्र निर्माण गरिएको हो । वृत्तचित्र गोरु जुधाउने जात्राको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिने श्रेष्ठले जानकारी गराएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट