गोविन्द केसीको मुद्दामा बहस सुरु, केसीलाई वीर अस्पतालबाट सर्वोच्च अदालत ल्याइयो

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीको मुद्दामा आजदेखि बहस सुरु हुँदैछ ।

यसअघि डा. केसीको बयान न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा भएको थियो भने आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा हुने भएको हो ।

सुनुवाइका लागि डा. केसीलाई वीर अस्पतालबाट सर्वोच्च अदालत ल्याइएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि डा. केसीलाई मंगलबार बयान सकिएसँगै वीर अस्पताल भर्ना गरिएको थियो । केसी अस्पतालमै अनशनमा बसेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट