भाइरलबाट भण्डारीको मृत्यु

अहिलेसम्म भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

जाजरकोट, २५ पुस । आज बिहान जुनीचाँदे–३ मा भाइरलका कारण थप एक जनाको मृत्यु भएकोे छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन दिनदेखि बिरामी परेका जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको हो ।

अहिलेसम्म भण्डारीसहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर संचालन गरी उपचारसमेत जारी राखिएको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट