एनआइसी बैंकको आँबुखैरेनी र गोरखामा शाखा विस्तार

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

पोखरा, २५ पुस । तनहुँ र गोरखामा एनआइसी एसिया बैंकले शाखा विस्तार गरेको छ । बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजारमा र गोरखा सदरमुकाम गोरखा बजारमा शाखा संचालनमा ल्याएको हो ।

गोरखा शाखाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी र आँबुखैरेनी शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले उद्घाटन गरेका थिए ।

बैंकले अब छिट्टै तनहुँको डुम्रे, कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत नाउँडाँडा र पर्वतको जलजला गाउँपालिकाअन्तर्गत वारीबेनीमा शाखा विस्तार गर्ने जनाएको छ । बैंकका हालसम्म देशभर एकसय ५९ वटा शाखा रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट