न्यायालयको आलोचना नगरेको भन्दै केसीले दिए अदालतमा बयान

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

काठमाडौं, २५ पुस । न्यायालयको अपमान गर्ने मेरो कुनै मनसाय छैन, तर यहाँको भ्रष्ट नेतृत्व र न्यायाधीशविरुद्ध मेरो लडाइँ हो भन्दै अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन् ।

केसीले बयानमा आफ्नो अडान कायम राख्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरेकाले त्यसविरुद्ध आफ्नो लडाइँ भएको बताएका छन् । आफूले विज्ञप्ति मार्फत न्यायालयको आलोचना नगरेको स्पष्ट पार्दै केसीले भ्रष्टाचारविरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियो ? अदालतको भ्रष्ट प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो, म त्यसमा अडिक छु भन्दै बयान दिएका छन् ।

सोमबार अपराह्नदेखि १४औँ अनशन बसेका केसीलाई प्रहरीले सोमबार राती सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ गरेपछि आज बिहान ९ बजे अगावै अदालत उपस्थित गराएको थियो ।

यो पनि पढ्नुहोस् :
केसीलाई पक्राउ गरिन्छ भने हामी सबैलाई पक्रेर देखाउनुस् : गगन थापा


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट