आजमात्रै नेप्सेमा सवा तीन करोडबढी शेयर सूचिकृत

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

काठमाडौं, २५ पुस । आजै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पाँच कम्पनीको तीन करोड ३७ लाख ३३ हजार आठसय १० कित्ता शेयर सूचिकृत भएको छ । शेयर सूचिकृत हुनेमा दुई वाणिज्य बैंक, एक जलविद्युत् कम्पनी र दुई विकास बैंक रहेका छन् ।

नबिल बैंकको एक करोड ८५ लाख ७७ हजार एकसय ४० कित्ता, सानिमा बैंकको एक करोड १० लाख ३६ हजार दुईसय १४ दशमलव चार कित्ता, ङादी ग्रुप पावरको चार लाख ८६ हजार आठसय ६८ कित्ता, टुरिजम डेभलपमेन्ट बैंकको १७ लाख १० हजार सातसय ७५ कित्ता र एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार आठसय १२ दशमलव पाँच कित्ता बोनस शेयर मंगलबार सूचिकृत भएको नेप्सेले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट