चीनमा हिउँ र शीतलहरका कारण २१ जनाको मृत्यु

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार

बेईजिङ । नेपालसँगै चीनमा पनि चिसोको प्रकोप बढेको छ । चीनमा विगत केही दिनदेखि परेको हिउँ र शीतलहरका कारण एक साताको अवधिमा २१ जनाको मृत्यु भएको छ । हिउँ परेपछि चीनका मानिसहरुको जनजीवन कष्टकर बनेको छ ।

हिउँका कारण कृषिमा समेत असर परेको छ । चिसोका कारण चीनमा लाखौं मानिसहरु प्रभावित भएका छन् । भारी हिउँ वर्षाका कारण चीनमा सात सयभन्दा बढी भवनहरु ढल्नुका साथै करिब २ हजार ८ सय भवन क्षतिग्रस्त भएका छन् ।

सिन्हुआ समाचार एजेन्सीका अनुसार चीनको राष्ट्रिय आयोगले अहिलेसम्म ३ हजार सात सयभन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । हिउँ वर्षाका कारण उत्तरपूर्वी लिआओनिंग प्रान्तमा १९ एक्सप्रेसवे बन्द गरिएको छ । मौसम सफा नहुँदासम्म यातायात ठप्प पारिएको अधिकारीहरुले जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट