गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चले दियो आदेश

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतले अदालतको मानहानी गरेको भन्दै सोमबारदेखि अनसन सु्रु गरेका डा. गोविन्द केसीलाई पक्राउ गराउन पक्राउ पुर्जी जारी गरेको छ । डा.

शशी शर्मालाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको डिनमा पुर्नवहालीका लागि सर्वोच्च अदालतले आदेश दिएसँगै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्टको संज्ञा दिँदै अनसन सु्रु गरेका थिए । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले केसीलाई मंगलबार अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले केसीले अदालतको मानहानी गरेको भन्दै सोमबार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले केसीलाई मंगलबार नौ बजे उपस्थित गराउन गृहमन्त्रालय मार्फत प्रहरीलाई पत्र काटेको छ ।

 

यो पनि पढ्नुहोस् :
प्रधानन्यायाधीशको बर्खास्ती माग्दै डा।केसी आजदेखि अनशनमा


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट