आजबाट बर्दियाको भुरीगाउँमा राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

बर्दिया, २४ पुस । आजबाट बर्दियाको भुरीगाउँमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु भएको छ । २२औँ पुरुष तथा १७औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगीतामा पुरुष र महिलाका आठ आठ वटा समूहका गरी १ सय ९२ जना खेलाडी र १६ जना प्रशिक्षक सहभागी हुनेछन् ।

पुस २४ देखि २७ सम्म संचालन हुने राष्ट्रिय कबड्डी प्रतियोगिताबारे अखिल नेपाल कबड्डी संघले बर्दियाको भुरिगाउँमा पत्रकार भेटघाट मार्फत जानकारी दिएको हो । अखिल नेपाल कबड्डी संघका महासचिव बिनोद प्रजापतिले खेलमा सहभागी खेलाडीबाट आगामी अगष्टमा इण्डोनेशियामा हुने एसियन खेलका लागि खेलाडी छनौट गरिने जानकारी दिए ।

प्रतियोगितामा ५ विकास क्षेत्रका महिला र पुरुष गरी १० वटा टिम, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका महिला र पुरुष ६ वटा टिम अर्थात महिला र पुरुषको र वटा गरि १६ टिम सहभागी हुने छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट