बर्जरले घरको भित्ता चम्किलो बनाइराख्ने पेन्ट बजारमा ल्यायो

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काडमाडौं, २४ पुस । बर्जर पेन्ट्स नेपालले घरको बाहिरी भित्तासमेत धुलोरहित चम्किलो बनाइराख्ने पेन्ट बजारमा ल्याएको छ । नेपालमा द्रुततर गतिमा अघि बढिरहेका निर्माण कार्य, सवारी साधनले पारिरहेको प्रदुषण, सडकमा र यत्रतत्र उडिरहेको धुलो समस्या समाधानका लागि रङ उत्पादक कम्पनी बर्जरले नेपालमा वेदरकोट एन्टी डस्ट पेन्टको उत्पादन एवं बिक्री वितरण सुरु गरेको हो ।

बर्जर पेन्ट्स नेपालले पहिलोपटक डस्ट गार्ड टेक्नोलोजीसहितको एन्टी डस्ट पेन्ट प्रस्तुत गरेको हो । हावामा उडिरहेको धुलो बाहिरी भित्तामा टाँसिएर ती भित्तालाई पुरानो र फोहोर बनाइदिन्छ साथै त्यसरी जमेर बसेको धुलोले रङ र बाहिरी भित्ताको आयु घटाउँछ तर वेदरकोट एन्टी डस्ट पेन्टले घरको बाहिरी भित्तामा धुलो टासिदैन र घरको भित्ता चम्किलो बनाउने कम्पनीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट