जगदम्बा सिमेन्टको प्राविधिक गोष्ठी सम्पन्न

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काठमाडौं, २४ पुस । काठमाडौंमा जगदम्बा सिमेन्टले इन्जिनियरहरुको प्राविधिक गोष्ठी गर्यो । काठमाडौं जिल्लामा पुस २१ गते इन्जिनियर वर्गसँग जगदम्बा सिमेन्टले सुरक्षित र दिगो निर्माण, पुनर्निर्माण सामग्रीको छनोट र प्रयोगलगायत ब्लेनडेड सिमेन्टको उच्चतम प्रयोग तथा उपभोगलगायत उपभोक्तामैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।

गुणस्तरीय उत्पादन, बृहत सञ्जाल र गुणस्तरमा एकरुपता जस्ता विशेषता बोकेको जगदम्बा सिमेन्टले उपभोक्तामुखी सेवालाई नै आफ्नो मूल बाटो बनाउदै अघि बढिरहेको छ । विभिन्न ठाउँहरुमा विभिन्न उपभोक्तामुखी कार्यक्रमहरु जस्तै डिलर भेटघाट कार्यक्रम, निर्माणकर्मी भेटघाट, अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत वरिष्ठ आयोजना प्रमुख सुनिल पौडेल र वरिष्ठ इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएका थिए । साथै ब्राण्ड प्रबन्धक जगन्नाथ दाहालले ब्लेनडेड सिमेन्टको प्रयोगले एकातर्फ देशमा रहेको श्रोत(चुनढुङ्गा) को न्यूनतम प्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जाने कुरा प्रस्ट्याएका थिए ।

प्राविधिक ब्यक्तिहरुको उपस्थिती रहेको सो गोष्ठीमा नगरपालिका योजना प्रमुख, भूकम्प प्रतिरोधी निर्माण गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका वरिष्ठ आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट