पुस २६ बाट ‘राजेन्द्र लक्ष्मी’ मञ्चन हुँदै

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काठमाडौं । राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थीएटरमा प्रसिद्घ साहित्यकार प्रचण्ड मल्लको ऐतिहासिक लेखन “राजेन्द्र लक्ष्मी” पृथ्वी जयन्तीको अवसर पारेर पुस २६ गतेबाट मञ्चन हुने भएको छ । प्रदीप खड्गीले निर्देशन गरेको उक्त नाटकमा ख्वाःपाः थीएटर समूहको प्रस्तुती रहेको छ ।

पृथ्वी नारायण शाह (त्यती बेला गोर्खा नेपाल) का राजाकी बुहारी राजेन्द्र राज्यलक्ष्मी देवी शाहको भूमिकामा मञ्चमा एना देउजाले अभिनय गर्नेछिन् । ससुरा पृथ्वी नारायण शाह र पति प्रताप सिंह शाहको निधनपछि पृथ्वी नारायण शाहद्वारा सुरु भएको ऐकिकरणको अभियानमा उनको आठ वर्ष बितेको थियो । नेपालको ऐकिकरण अभियानमा बहादुर सैन्य र नारीहरुको सहभागिता रहेको कुरालाई नाटकमार्फत देखाउन खोजिएको छ ।

राजेन्द्र लक्ष्मीको नायवीमा उनले लमजुङ, कास्की, तनहु र अन्य स-साना राज्यहरु(चौबिसे राज्य) सँग लडेर विजय प्राप्त गर्न सकिएको कुरा नाटकमा देखाइएको छ । पुस २६ गतेबाट मञ्चन हुने नाटक माघ १ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

एना देउजाको मुख्य भूमिका रहेको नाटकमा हेमन तण्डुकार, सुरज सुवेदी, अस्मिता पौडेल, संजय माली, आयुस प्याकुरेल, किरण चापागांई, सुरेन्द्र क्षेत्री, केशबसिंह ठगुत्रा, महेश पौडेल, अजुन बोहरा, दिपेश काफ्ले, दिलिप खड्का, अनिशा अधिकारी, युनिशा गुरुङ्ग, म्राटिना दिशुजा, रोहित खत्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।

नाटकमा प्रकाश र संगीत परिचालन राजेन्द्र भक्त र अमुल श्रेष्ठको रहेको छ । आयोजकले नाटक राजेन्द्र लक्ष्मी हेर्नका लागि सबैलाई आग्रह गरेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट