बाटो काट्दै गरेका पैदलयात्रीलाई बसले ठक्कर दिँदा मृत्यु

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काठमाडौं, २४ पुस । आइतबार राति करिब नौ बजेतिर काठमाडौंको बाफलमा स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बा२ख १७८१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

बाटो काट्न लागेको अवस्थामा बसले ठक्कर दिँदा मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारले बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जानकारी दिए । ठक्कर दिने बसलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट