‘किड्डी फेश अफ द एयर’को ट्यालेन्ट शो सम्पन्न

प्रकाशित मिति: २३ पुष २०७४, आईतवार

काठमाडौं । बाालबालिकाहरूमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किड्डी फेश अफ द एयरको तेश्रो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ ।कार्यक्रममा बालबालिकाहरूले आफूमा भएको प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, अभिनय, चित्रकला, बक्तृत्व कला, वाद्य वादनमा धिमे बाजा आदि प्रदर्शन गरिएका थिए ।

कार्यक्रमका निर्णायकहरूमा गायक तथा म्यूजिक ऐरेन्जर कम्पोजर सोहन मानन्धर, मिस काभे्र सिजन ९ का विजेता स्नेहा प्रधानाङ्ग, डान्स कोरियोग्राफर सुमित्रा खड्का र ब्युटिसियन गुण केशरी ताम्राकार रहेका थिए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनमा भइरहेको किड्डी फेश अफ द एयरको तेश्रो संस्करणको कोरियोग्राफी रेडियन्ट इभेन्टका फाउण्डर डाइरेक्टर राज फैजुले गरिरहेका छन् ।

उक्त कार्यक्रमका विजेताहरूलाई विभिन्न विज्ञापनहरूमा खेल्ने अवसर प्रदान गरिने संस्थाकी कार्यकारी निर्देशक एवं फेशन डिजाइनर श्रीषा वैदार फैजुले बताइन् । कार्यक्रमको अन्तिम चरणको प्रतियोगिता पुस २९ गते राष्ट्रिय नाचघरमा सम्पन्न हुँदैछ । कार्यक्रमको फेशन डिजाइनिङ एनि तन्डुकारले गरेका छन् ।

कार्यक्रमको ग्राण्ड फिनालेमा मिसेस इन्डिया ईन्टरनेशनल भिभासियस क्विन २०१७ का विजेता अन्जना श्रीवास्तव, मिसेस यूनिभर्स नर्थ एसिया २०१६ का विजेता साक्क्षी शर्मा र भारतका चर्चित फेशन डिजाइनर पुष्पा शर्मा पहिलो पटक यस कार्यक्रमका लागि नेपाल आउदै छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट