अपी पावर, सप्तकोशी र कञ्चन बैंकको शेयर मूल्य समायोजन

प्रकाशित मिति: २३ पुष २०७४, आईतवार

काठमाडौं, २३ पुस । आज अपी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । उक्त तीनवटै कम्पनीको बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको हो ।

अपी पावरको आठ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता चारसय ३५ रुपैयाँ रहेको छ, जसको आधार मूल्य प्रतिकित्ता चारसय ११ रुपैयाँ रहेको थियो । सप्तकोशी डेभलपमेन्ट बैंकको चार दशमलब सातसय ८२ प्रतिशत बोनसपश्चात शेयर मूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता एकसय ४० रुपैयाँ रहेको छ ।

त्यसैगरी, कञ्चनको पनि १२ दशमलब ३३ प्रतिशत बोनस शेयर पछिको सेयर मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको शेयर मूल्य प्रतिकित्ता दुईसय १० रुपैयाँ रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट