जेष्ठ नागरिकको निःशूल्क स्वास्थ्य परिक्षण

प्रकाशित मिति: २२ पुष २०७४, शनिबार

काठमाडौं, २२ पुस । शुक्रबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धको आयोजनामा मातातीर्थस्थित वृद्धा आश्रममा आश्रित २३ जना जेष्ठ नागरिकहरूको सेचेन क्लिनिक हस्पिसका चिकित्सक र नर्सहरूको टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधि वितरण गरेको छ ।

सो अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र खाद्यान्नका सामाग्रीहरू वितरण गरिएको कार्यक्रम संयोजक तथा ‘छ्योर्तेन’ मासिकका प्रधान सम्पादक वीरबहादुर वाइबाले जानकारी गराए ।

वाइबाका अनुसार कार्यक्रममा सामुदायिक सेवा केन्द्रका जयमङ्गल लामा, देवकुमार लामा, रतन लामा, लक्ष्मी भण्डारी, माया डोल्मा लामा, माया थिङ, सोमबहादुर लामालगायतको उपस्थिति रहेको थियो ।

यसै गरी सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका हवल्दार रमण तिमिल्सिना, प्रहरी जवान सूर्यप्रकाश सुनुवार र शान्ति सुनुवारको पनि सहभागिता रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट