आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ का लागि प्रारम्भिक टिमको घोषणा

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार

राजेश थापा मगर
काठमाडौं, २१ पुस । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ का लागि २१ सदस्यीय प्रारम्भिक नेपाली राष्ट्रिय टिमको घोषण गरिएको छ । माघ २३ देखि फाल्गुण ४ गतेसम्म नामिबियामा सञ्चालन हुने प्रतियोगिताका लागि नेपाली टिममा पारस खड्काले कप्तानको जिम्मेवारी पाएका छन् ।

त्यस्तै नेपाली प्रारम्भिक टिममा रसिद खान र किशोर महत्तोले पहिलो पटक स्थान बनाउदा अनुभवी सागर पुन र बिनोद भण्डारी भने टिममा परेनन् । अन्य टिमको सदस्यमा अनिलकुमार शाह, बसन्त रेग्मी, दिलिपनाथ, दिपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौड्याल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेष्वाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सुनिल धमला र सुशन भारी रहेका छन् ।

आईसीसी प्रतिनिधि अमिनियुलईस्लाम, नेपाली टिमका प्रशिक्षक जगत टमटा तथा कप्तान पारस खड्काको छनौट कमिटीले प्रारम्भिक खेलाडी छनौट गरेको हो । डिभिजन-२ मा नेपालले क्यानडा, ओमन, केन्या, युएई र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट