नयाँ सरकार गठनसँगै पार्टी एकीकरण हुन्छ : पूर्वप्रम खनाल

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार

इलाम २१ पुस । आज इलामको साखेजुङमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुन लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका छन् । एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने र सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकीकरण हुने बताएका हुन् ।

‘पार्टी एकीकरण बारे कसैले कुनै शंकै गर्नु पर्दैन’ भन्दै उनले दुबै पार्टी एकीकरणपछि कसैलाई काखा कसैलाई पाखा नलगाई सबैले समान अधिकार पाउने बताएका छन् । त्यस्तै, एक प्रशंगमा नेता खनालले आफूलाई राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताउँदै अवसर आए पछि नहट्ने धारणा व्यक्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट