अवैध गाँजासहित एक महिला पक्राउ

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार

भक्तपुर, २१ पुस । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो पाँचसय ग्राम अवैध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । बिहिबार उनकै घरबाट अवैध गाँजासहित पूर्णिमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित गरी बिक्री वितरण गर्दै आइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा अवैध गाँजासहित उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी लागूऔषध ओसारपसार ऐनअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट