पाङराङ–बुटवल बस सेवा संचालन

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार

पर्वत, २० पुस । वालिङ–हुवास यातायात समितिले यही पुस १० गतेदेखि फलेवास नगरपालिकाका–११ पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म सीधा बस सेवा संचालनमा ल्याएको छ । समितिका अनुसार आलोपालो गरी तीन डिलक्स बस संचालन गरिएको छ ।

बस संचालन भएसँगै फलेवास नगरपालिकाका कुर्घा र पाङराङ तथा बिहादी गाउँपालिकाका सबै वडाका यात्रुले नियमित रुपमा यात्रा गर्ने गरेका छन् । हरेक दिन बिहान ६ः४० देखि पाङराङको कर्नासबाट छुट्ने बस अपराह्न ३ बजे बुटवल पुग्छ । पाङराङदेखि बुटवलसम्मको भाडा पाँचसय ५० रुपैयाँ कायम गरिएको छ ।

पाङराङबाट बुटवलसम्मका लागि सीधै बस संचालनमा नहुँदा दुई दिन लगाएर कुस्मा–नारायणगढ हुँदै बुटवल पुग्नुपर्ने बाध्यता थियो । यसैगरी हरेक दिन बर्दघाटदेखि बुटवल, स्याङ्जा वालिङ हुँदै हुवास, रानीपानी, बाच्छा र पाङराङसम्मका लागि पनि बस संचालनमा ल्याइएको समितिले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट