न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै काठमाडौंमा चिसो बढ्यो

प्रकाशित मिति: २० पुष २०७४, बिहीबार

काठमाडौं, २० पुस । आज काठमाडौं उपत्यकासहित देशभर नै अत्यधिक चिसो बढेको छ । न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको हो ।

यसअघि बुधबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो । काठमाडौंको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारको तुलनामा आज चिसो बढेको हो ।

आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ । आज सबैभन्दा कम जुम्लामा माइनस ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ ।

बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या परेको मौसमविद् शान्ति कँडेल बताउँछिन् । उनले तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको बताइन् । उनका अनुसार उपत्यकामा मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ,।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट