चन्द्रागिरिले शेयर जारी गर्दै

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार

काठमाडौं, १९ पुस । चन्द्रागिरि हिल्सको अर्को साता हुने साधारणसभाले शेयर निष्काशनको निर्णय गर्ने भएको छ । कम्पनीका संचालक अम्बिका पौडेलका अनुसार कम्पनीको यही पुस २५ गते हुने साधारणसभाबाट शेयर निष्काशनबारे निर्णय गर्नेछ ।

कम्पनी २०७१ सालमै पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । सर्वसाधारणलाई विकासमा साझेदार बनाउन सर्वसाधरणमा जाने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीय र सर्वसाधरणलाई कति शेयर दिने भन्ने बारेमा भने टुंगो लागिसकेको छैन ।

कम्पनीले साढे तीन अर्ब रुपैयाँ लगानीमा चन्द्रागिरि केवलकार निर्माण गरेको हो । कम्पनीले केवलकार नजिकै लक्जरियस होटल समेत निर्माण गरिरहेको छ । आईएमई र भाटभटेनी समूहको लगानीमा उक्त केवलकार निर्माण भएको हो । चन्द्रागिरीमा केवलकारसँगै मन्दिर, भ्युटावर, फोरडी हल, प्लेग्राउण्ड, बार तथा रेष्टुरेण्टहरु निर्माण गरिएको छ ।

उता नेपाल धितोपत्र बोर्डले दर्ता तथा निष्काशन नियमावली २०७३ मा शेयर बजारमा आउन वास्तविक क्षेत्रका कम्पनीले १० प्रतिशत मात्र शेयर जारी गर्न पाउने प्रावधान ल्याएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट