मेगा बैंक र मेरो माइक्रोफाइनान्सको शेयर सूचीकृत

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार

काठमाडौं, १९ पुस । नेपाल स्टक एक्सचेञ्जमा मेगा बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको क्रमशः हकप्रद शेयर र बोनस शेयर सूचीकृत भएको छ । यि दुई कम्पनीको गरी नेप्सेमा जम्मा दुई करोड ८६ लाख कित्ता शेयर सूचिकृत भएको हो ।

मेगा बैंकको दुई करोड ७९ लाख ४४ हजार दुईसय ९५ कित्ता हकप्रद शेयर र माइक्रोफाइनान्स वित्तीय संस्थाको छ लाख ६० हजार कित्ता बोनस शेयर बुधबार सूचिकृत भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट