प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार

काठमाडौं, १९ पुस । नेपाल सरकार मन्त्रीपरिषदको गत पुस १३ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नती भएका सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक सहायक रथी डा. शशी राई तथा सुदुरपश्चिम पुतना हे. क्वा. का सहायक रथी झंकरबहादुर कडायतलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

मंगलबार जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी दर्जामा पदोन्नती भएका राईलाई सैनिक स्वास्थ्य महानिर्देशक र कडायतलाई सुदुरपश्चिम पृतनापतिको जिम्मेवारी दिइएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट