लिफ्टबाट पानी तानेर ८८ घरपरिवारलाई वितरण

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

पोखरा, १८ पुस । कास्कीको मादी गाउँपालिका वडा नं.१२ लिपेयनीमा निर्मित टुनीपानी लिफ्ट खानेपानी योजनाअन्तर्गत गाउँमुनि रहेको मूल नजिक ट्याङ्की निर्माण गरी एकसय ४६ मिटरमाथि लिफ्टबाट पानी तानेर पाँच गाउँका ८८ घरपरिवारलाई पानी वितरण गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षण कार्यालयको नगद र जिन्सी गरी ५५ लाख रुपैयाँ र स्थानीय जनश्रमदान गरी खानेपानी योजना सम्पन्न गरिएको हो ।

खानेपानी योजनाबाट लिपेयनी, ओझा, पोखरीगरा, गुरुङ गाउँ, परखेतका बासिन्दा र हिमालय आधारभूत विद्यालय शिक्षक र विद्यार्थीसमेत लाभान्वित भएका छन् । वर्षौदेखि खानेपानी समस्या झेल्दै आएका पाँच सयभन्दा बढी स्थानीयवासीलाई खानेपानीको सुविधा पुगेको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट