आठ वर्षकै उमेर बुढो भएर मृत्यु भयो लुसीको, यस्तो छ कारण(तस्बिरसहित)

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

आयरल्याण्डको बैलीवार्डमा बस्दै आएकी एक ८ वर्षीया बालिका यस्तो रोगबाट ग्रस्त भइन् कि सामान्य मानिसको तुलनामा उनको शरीर आठ गुनाको तीव्र गतिमा बुढो हुन थाल्यो । लुसी पार्के नाम गरेकी यी बालिका दुर्लभ रोगका कारण ८ वर्षकै उमेरमा बुढो भएर उनकोे मृत्यु समेत भयो ।

प्राप्त जानकारीका अनुसार यो दुर्लभ रोग चार लाखमध्ये एक जनामा लाग्ने गर्दछ । यो रोगमा शरीर अरु बेलाको तुलनामा ८ गुनाको तीव्र गतिमा बुढो हुँदै जान्छ । यो रोगबाट ग्रस्त लुसीको मृत्युपछि उनकी आमाले सामाजिक संजालमा लुसीका तस्बिरहरु सेयर गरेकी छन् ।

लुसीकी आमा स्टेफनीले ‘लुसी कमजोर थिइन् तर, उनको मुटु धेरै बलियो थियो’ भन्दै छोरीका तस्बिर सेयर गरेकी हुन् । प्रोगेरिया सिन्ड्रोम नामक यो बिरामी प्राय जसो बच्चाहरुमा देखिने गर्दछ ।

यो रोग लाग्दा मानिस तीव्र गतिमा बुढो हुनुका साथै शरीरको छाला लचिलो हुने, कपाल झर्ने हुन्छ । यो बिरामीको कुनै उपचार छैन तर औषधि सेवनले यो रोगलाई केही समयसम्म थाम्न सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट