सरकार गठनलगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

काठमाडौं, १८ पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकतालगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने बैठकमा सरकार गठनलगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रचण्डले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणको बहस चर्किएका बेला बैठक आह्वान गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट