मदन भण्डारी क्रिकेट एकेडेमी सञ्चालनमा

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

राजेश थापा मगर
काठमाडौं, १८ पुस । मदन भण्डारी स्पोर्टस एकेडेमीले संचालनमा ल्याएको मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन गरिएको छ । बानेश्वरस्थित ओमकारेश्वर चोकमा रहेको एकेडेमीको एमाले नेता एवं पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले सोमबार उद्घाटन गरेका हुन् ।

क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाको बलिङमा विशेष अतिथि नेम्वाङले ब्याटिङ गर्दै उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा नेम्वाङले नेपाली खेलाडीको प्रशंसा गदै सिमित श्रोत र साधनका बाबजुद नेपाली खेलाडीले दिलाएको उपलब्धि अतुलनिय रहेको बताए । साथै अब बन्ने बामगठबन्धनको सरकारले खेल क्षेत्रलाई विशेष महत्व दिने पनि बताए ।

३ वटा अभ्यास ढलान पिच रहेको एकेडेमी करिब २ रोपनी जग्गामा फैलिएको छ भने करिब २० लाख रुपैयाँ लागतमा निर्माण भएको हो । सभासद् गणेश दुलाल संरक्षक रहेको एकेडेमीको प्रशिक्षकमा प्रदिप ऐरी रहेका छन् ।

मदन भन्डारी स्पोर्टस एकेडेमीको नवौं स्थापना दिवासका अवसरमा आयोजित उद्घाटन कार्यक्रममा हालै सम्पन्न साग स्तरीय ह्विलचियर क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नेपाली टिमलाई एकेडेमीले नगद रु ५० हजार सहित सम्मान गरेको थियो ।

साथै मोराक्कोमा सम्पन्न सेल्फ डिफेन्स मार्सल आर्टमा रजत प्राप्त गरेकी सन्जु महर्जन र बेलारुसमा सम्पन्न आईटिएफ तेक्वान्दोका कास्य विजेता अन्जना सिवाकोटीलाई पनि सम्मान गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट