आर्मी र एपिएफको शानदार जित

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

राजेश थापा मगर
काठमाडौं, १८ पुस । राखेप च्याम्पियनसिपअन्तर्गत १६औँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागिय टिम आर्मी र एपिएफले विजयी सुुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फाकम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले पश्चिमाञ्चल तथा एपिएफले मध्यपश्चिमाञ्चललाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेका हुन् । सोमबार भएको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई १२-० गोलको अन्तरले पराजित गरेको हो ।

एकतर्फी रहेको खेलमा आर्मीका लागि दिपा राई र कप्तान कृष्णा खत्रीले ह्याट्रिक गरेका थिए । दिपाले कुल ५ तथा कृष्णाले ३ गोल गरेकी थिइन् । त्यस्तै आर्मीका लागि थप गोल पुजा राना, शर्मिला थापा र ईन्दिरा राईले गरेका थिए ।

सोमबार नै भएको दोस्रो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई २६-० को भारी गोल अन्तरले पराजित गरेको थियो । पहिलो हाफमा १४ गोल गरेको एपिएफले दोस्रो हाफ भने १२ गोल गरेको थियो । एपिएफका लागि सावित्रा भण्डारीले एक्लैले कीर्तिमानी १२ गोल गरेकी थिईन् ।

नेपाली राष्ट्रिय महिला फुटबलमा एउटै खेलमा १२ गोल गर्ने सावित्रा पहिलो खेलाडी समेत बनेकी छन् । त्यस्तै एफिएफका लागि अनिता केसीले ५, अञ्जली योञ्जनले ४, रेखा पौड्यालले २ तथा अनिता बस्नेतले १ गोल गरेकी थिइन् । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल पुलिस क्लब र सुदुरपश्चिमाञ्चल तथा दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलबीच हुनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट