साथीसँग नयाँ वर्ष मनाउन गएकी युवती बलात्कृत

प्रकाशित मिति: १७ पुष २०७४, सोमबार

नेपालगञ्ज, १७ पुस । आइतबार अंग्रेजी नयाँ वर्षको न्यू इयर इभ मनाउन सुर्खेतरोडस्थित होटल सिग्नेटमा साथीसँग गएकी एक युवती बलात्कारको शिकार बनेकी छन् । सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती बलात्कारको आरोपमा मुछिएका छन् ।

उनले बेला–बेला एयरलाइन्सका कर्मचारीलाई ल्याएर होटलमा राख्ने गरेको जनाइएको छ । लामो समयदेखि सुर्खेतरोडस्थित होटल सिग्नेटमा बस्दै आएका उनले आइतबार साँझ सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई होटलमै बोलाएका थिए । भारती ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०१ मा बसेका होटल प्रशासनले जनाएको छ ।

मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेको जनाइएको छ । पीडित युवतीले मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोतल देखाएर धम्क्याएको र बलात्कार गरेको बताएकी छन् । मनोजले नै बोलाएर आफू होटलमा पुगेको पीडित युवतीले बताएकी छन् ।

बाँके प्रहरीले बलात्कारको आरोपमा निरज गुरुङसँगै मनोजलाई नियन्त्रणमा लिनुका साथै अनुसन्धानका लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ । पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको छ तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट