साल्ट ट्रेडिङले गैह्र अनुदानको दुई मल बेच्दै

प्रकाशित मिति: १७ पुष २०७४, सोमबार

काठमाडौं, १७ पुस । सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत साल्ट ट्रेडिङ कर्पोरेशनले पछिल्लो समय गैह्र अनुदानको दुई प्रकारको मल बिक्री गर्दै आएको जनाएको छ । सम्मेलनमा सरकारी अनुदानको रासायनिक मलको भार घटाउनुका साथै कृषकलाई सन्तुलित मलखादको प्रयोगका लागि विकल्प प्रदान गर्ने उद्देश्यले सो मलहरु बिक्री गर्न थालिएको जनाइएको छ ।

ट्रेडिङले वितगमा सकारी अनुदानका युरिया, डीएपीलगायतका मल बिक्री गर्दै आएकोमा अब, सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेटको बिक्री गर्न थालिसकेको जनाएको छ । ट्रेडिङले औपचारिक रुपमा मल कम्पनीको सबै शाखा कार्यालयहरुदेखि बिक्री गर्न सुरु भइसकेको जानकारी दिएको छ । कृषि परामर्शदाता भगवानप्रसाद खतिवडाले सिङ्गल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोरस, १२ प्रतिशत सल्फर तथा २१ प्रतिशत क्याल्सियम रहने बताए । यसको अति सुक्ष्मतत्वहरु जिङ्क तथा वोरोन मिश्रण गरिएको हुँदा मल सबै बालीनालीहरुका लागि महत्वपूर्ण हुने उनको दाबी छ । एमोनियम सल्फेटमा २१ प्रतिशत नाईट्रोजन तथा २४ प्रतिशत सल्फर रहेको उनको भनाइ छ । त्यस्तै बिरुवालाई ठिक मात्रामा आवश्यक पर्ने नाईट्रोजनतत्व तथा मुख्य सहायक तत्वको रुपमा रहेको सल्फरले गर्दा यसले प्रभावकारी उत्पादन दिन सक्ने उनले जनाए ।

कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कम्पनीले उक्त गैह्र अनुदानित रासायनिक मलहरु मुलुकभरको आफ्नो २८ वटै बिक्रीकेन्द्रहरुबाट ग्राहकमाझ पुर्याउने बताइन् । कर्पोरेशनका अनुसार सिंगल सुपर सल्फेट भारत र एमोनियन सल्फेट दक्षिण कोरियाबाट आयात गरिदै आइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट