नौसय चार वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनर्निर्माण सम्पन्न

प्रकाशित मिति: १७ पुष २०७४, सोमबार

काठमाडौं, १७ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले क्षति पुर्याएका नौसय चार वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनर्निर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार दुईसय १२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो ।

हाल नौसय ६५ आयोजनाको पुनर्निर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जनाए । यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनर्निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ बजेट छुट्याइएको प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माण सम्पन्न भइसकेका र भइरहेका गरी एक हजार आठसय ६९ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ आयोजना पुनर्निर्माणको प्रगति ५८ प्रतिशत पुगेको प्रवक्ता भुसालले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट