प्रदेशको राजधानी धनकुटा हुनुपर्ने माग गर्दै बालुवाटारमा धर्ना

प्रकाशित मिति: १७ पुष २०७४, सोमबार

काठमाडौं, १७ पुस । भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिएका छन् । उनीहरुले धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउनुपर्ने माग गर्दै आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागाईंलगायतले राजधानी बनाउँदा सबैका लागि उपयुक्त हुने भन्दै धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरेका छन् । प्रदेश राजधानी बनाउ अभियानले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट