पुस २१ देखि देशभर प्रर्दशन हुँदै ‘फिर्के’

प्रकाशित मिति: १७ पुष २०७४, सोमबार

चितवन । हास्य कलाकारहरु समेटेर निर्माण गरिएको चलचित्र ‘फिर्के’ले चितवनमा पत्रकार सम्मेलन गरी फिल्मको बारेमा जानकारी दिएको छ । पुस २१ गतेदेखि देशभर प्रर्दशनमा आउने चलचित्र ‘फिर्के’लाई निर्देशक रवि डंगोलले निर्देशन गरेका हुन् ।

चलचित्र ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा ,भिष्म जोशीलगायतका कलाकारहरुले अभिनय गरेका छन् । ओमलाल गुरुङ र राजेश श्रेष्ठ निर्माता रहेका चलचित्र ‘फिर्के’मा बिश्व नेपाली र सुवास भुषालको संगीत तथा अभिमन्यू निरबीको लेखन रहेको छ ।

चलचित्रका निर्देशक रवि डंगोलले गाउँदेखी सहर पसेको एक सिधा युवाको कथामा आधारित रहेर चलचित्र ‘फिर्के’ बनाइएको र सबैलाई चलचित्र हेर्नका लागि आग्रह समेत गरेका छन् । ईकुका नामले चिनिएका कलाकार तथा ‘फिर्के’ चलचित्रका प्रस्तुतकर्ता समेत रहेका सुलेमान शंकरले ‘ईकु’ र ‘ईकु ब्याक’ अगेनभन्दा फरक तरिकाले फिर्के बनेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट