नाइजेरियामा दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २० जनाको मृत्यु

प्रकाशित मिति: १७ पुष २०७४, सोमबार

लागोस । नाइजेरियाको जिगावा र ओगुन राज्यमा भएका दुई छुट्टा छुट्टै सडक दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी सिन्हुआका अनुसार शनिबार साँझ गुजुन्गु गुमेल मार्गमा बस र ट्रक एक आपसमा ठोक्किदा दुई बच्चा सहित १५ जनाको मृत्यु भएको थियो । अधिकारीहरुका अनुसार सात यात्रुवाहक क्षमता भएको बसमा १४ जना सवार भएका कारण दुर्घटना भएको हो ।

यस्तै आइतबार नै लागोस एबादन एक्सप्रेस वे मा भएको दुर्घटनामा परेर ५ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । नाइजेरियामा गैर जिम्मेवारी पूर्ण तरिकाले सवारी साधन चलाउने र सडक मर्मत नहुँदा दुर्घटना बढी हुने गर्दछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट