आठौं अन्तर्राष्ट्रिय करातेमा नेपाली टिम पहिलो

प्रकाशित मिति: १५ पुष २०७४, शनिबार

राजेश थापा मगर
काठमाडौं, १५ पुस । आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टिम पहिलो भएको छ । धनगढीमा सम्पन्न प्रतियोगितामा नेपाली टोलीले कुल २३ स्वर्ण, २३ रजत र ४८ कास्य पदक जित्दै पहिलो भएको हो ।

त्यस्तै प्रतियोगितामा भारतले ९ स्वर्ण, १३ रजत र २९ कास्य पदक जित्दै दोश्रो तथा भुटानले ६ स्वर्ण, २ रजत र १ कास्य पदक जित्दै तेश्रो भएको छ । प्रतियोगितामा श्रीलंकाले २ स्वर्ण, १ रजत र ४ कास्य, बंगलादेशले १ स्वर्ण, २ रजत र २ कास्य तथा पाकिस्तानले १ स्वर्ण र १ रजत पदक प्राप्त गरेका छन् ।

सुदुरपश्चिमाञ्चल कराते डो संघ युजेनकाइको आयोजनामा सञ्चालीत प्रतियोगिताको टिम कातामा भने एपिएफ पहिलो, सुदुरपश्चिमाञ्चल दोश्रो तथा पूर्वाञ्चल तेश्रो भए । एपिएफले ५१ हजार, सुदुर पश्चिमले ३१ हजार तथा पूर्वाञ्चलले २१ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा महिलातर्फ पुजा दर्नाल र पुरुषतर्फ कमल वली उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताका उपाधि विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नारदमुनी राना, तथा नेपाल गाजुरियो करातते डो संघ युजेनकाइका अध्यक्ष गणेश कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट