आजदेखि रामपुर-काठमाडौं बस सेवा सुरु

प्रकाशित मिति: १४ पुष २०७४, शुक्रबार

पाल्पा, १४ पुस । रामपुरदेखि डेढगाउँ हुँदै काठमाडौंसम्म बस सेवा सुरु भएको छ । पूर्वी पाल्पाको रामपुरमा मुख्य कार्यालय रहेको रामपुर यातायात व्यवसायी समिति, पाल्पाले रामपुरदेखि पूर्व नवलपरासीको पहाडी क्षेत्र डेढगाउँमा शाखा सम्पर्क काउन्टर स्थापना गरी आजदेखि बस सेवा संचालन गरेको हो ।

हाल रामपुरदेखि डेढगाउँमा दिउँसो मात्र जिप र बस सेवा दिएको समितिले आजदेखि रामपुर-डेढगाउँ हुँदैं काठमाडौंसम्म रात्रिबस सेवासमेत संचालन गर्ने यातायात व्यवसायी समितिले जनाएको छ । दिउँसो २ बजे रामपुर बेझाडबाट छुटेको बस पूर्व नवलपरासीको डेढगाउँ, तनहुँको भिमाद हुँदैं काठमाडौंसम्मका लागि नियमित रात्रि सेवा दिइने समितिले जनाएको छ ।

रामपुर यातायात व्यवसायी समितिले पाल्पाको रामपुरदेखि दैनिक दिवा तथा रात्रि सेवा यस क्षेत्रलगायत बुटवल, तानसेन, स्याङ्जा, तनहुँ, पोखरा र काठमाडौंसम्म दिँदै आइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट