नगरपालिकाद्वारा सहकारी खेती र डेरीका लागि अनुदान

प्रकाशित मिति: १४ पुष २०७४, शुक्रबार

कञ्चनपुर, १४ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सहकारीमा आधारित खेती गर्न र डेरी संचालन गर्नका लागि अनुदान रकम प्रदान गर्ने भएको छ । नगरपालिका क्षेत्रमा रहेका सहकारी र पशुपालक किसानलाई आयआर्जनका कार्यक्रम गर्न सघाउ पुर्याउनका लागि नगरपालिकाले अनुदान दिने तयारी गरेको हो ।

पशु विकास शाखाका प्रमुख हरदेव भट्टका अनुसार यस वर्ष मासु पसल, गाईभैँसीको गोठ सुधार, सहकारी खेती र डेरी उद्योग संचालनलगायत शीर्षकमा किसानलाई अनुदान दिन लागिएको हो । सहकारी खेती र डेरी उद्योगमा सबैभन्दा बढी अनुदान दिइने भएको छ । नगरपालिकाको पशु विकास शाखाले पशु पालनमा आवद्ध किसानलाई अनुदान दिनका लागि सार्वजनिक सूचना प्रकाशन गरी किसानबाट आवेदन संकलन समेत गरेको छ ।

सहकारी खेतीअन्तर्गत कुखुरापालनका लागि पाँच लाख ९० हजार, डेरी उद्योगका लागि एक लाखदेखि तीन लाखसम्म, मासु पसल सुधारका लागि १० जनाले प्रतिव्यक्ति ४५ हजार र गाईभैँसीको गोठ सुधारका लागि छ जनालाई एक लाख रुपैयाँका दरले अनुदान दिने तयारी गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट