कञ्चनपुरको भीमदत्तनगरमा प्रदेशस्तरीय तेक्वान्दो सुरु

प्रकाशित मिति: १४ पुष २०७४, शुक्रबार

भीमदत्तनगर, १४ पुष । शुक्रबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा प्रदेश नं ७ सुदूरुपश्चिम स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता सुरु भएको छ ।

जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा सुरु भएको एक दिवसिय प्रतियोगितामा सुदूरपश्चिमका पाँच वटा जिल्लाका ६० जना महिला तथा पुरुष खेलाडीहरुले भाग लिएका छन् ।

तेक्वान्दो प्रशिक्षक एवं प्रतियोगिताका प्रदेश संयोजक मोहनप्रताव गुरुङ्गले प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु भैरवामा हुने राष्ट्रिय खेलकुद परिषद् च्यामिम्पयनसिप राष्ट्रिय प्रतियोगितामा भाग लिने जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै भीमदत्तनगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले खेलकुद र खेलाडीको विकासका लागि हातेमालो गर्न नगरपालिका तयार रहेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट