राष्ट्रियसभा अध्यादेशमा सहमति जुटाउन राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

प्रकाशित मिति: १३ पुष २०७४, बिहीबार

काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा अध्यादेशमा सहमति जुटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेकी छन् ।

कांग्रेसले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश तत्काल पारित गर्नुपर्ने अडान राख्दै आएको छ भने एमालेले फिर्ता गर्नुपर्ने अडान राखेको छ । आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको छलफलमा राष्ट्रपति भण्डारीले प्रचण्डसँग यसबारे छलफल गरेकी हुन् ।

प्रचण्डले आफू मध्यमार्गी विकल्पबाट समाधान खोज्नु पर्ने पक्षमा रहेको बताएका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा अध्यादेश विवादकै कारण अहिलेसम्म प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छैन् ।

bidyaसार्वजनिक कार्यक्रममा बहुमतीय प्रणालीबाटै राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने बताए पनि प्रचण्ड कांग्रेसलाई समेत मिलाएर लैजानु पर्ने पक्षमा रहेको बताइन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट